अक्सिजनको कोटा निर्धारण गर्ने सरकारको निर्णयमा आपत्ति जनाउदै नेपाल मेडिसिटी अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नलिने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सीसीएमसीले निर्धारण गरेको कोटाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो ।
सीसीएमसीले अक्सिजनको वितरण प्रभावकारी बनाउन मेडीसीटी अस्पताललाई दैनिक १ सय अक्सिजन सिलिण्डर कोटा निर्धारण गरेको थियो ।
प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले अस्पतालले आपत्ती जनाएको छ ।
१०० थान सिलिण्डरले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेका जानकारी दिएको छ।





















प्रतिक्रिया