Logo

स्वास्थ्य

उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल



उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो । 

सङ्घले कार्यालयमा दश  आइसोलेशन श्यया राख्ने तयारी गरेको र  ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिएका छन् । ती अक्सिजन  निःशुल्क सहयोग गरिने र  जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए ।  

जिल्लाका  प्रायः सङ्क्रमित  होम आइसोलेशनमै  छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ  । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।