Logo

खेलकुद

५० विकेट लिने पहिलो खेलाडी सन्दीप लामिछाने



काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २८ औँ खेलमा ५० विकेट लिएका हुन् ।

उनले सोमबार ओमानमा आयरल्याण्डविरुद्धको खेलमा डक्रेललाई आउट गरेसँगै २० विकेट पूरा गरेका छन् । सन्दीप नेपालका लागि टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनी ओभरअल तेस्रो फास्टेस्ट ५० विकेट लिने खेलाडीसमेत बनेका छन् ।

सन्दीपले राशिद खान र इमरान ताहिर पछाडि पारेका छन् । अहिले सम्म आयरल्याण्डले १९ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १७:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।