Logo

खेलकुद

बायर्न साल्जबर्गसंग रोकियो



काठमाडौं । जर्मन  क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसंग १-१ गोलको बराबरीमा रोकिएको छ  ।

अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो  । यद्यपि, अवे गोलको फाइदा भने उठायो । 
।

खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए  । तर किङ्स्ले कोमानले ९०औं मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे  ।

अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०७:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।