Logo

खेलकुद

रेलिगेशन जोनको लेभान्तेसंग एट्लेटिको पराजित



काठमाडौं । स्पेनिस ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्तेसंग १-० अंन्तरले पराजित भएको छ । बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । भ्रमणकारी टोली लेभान्तेका  गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो । 

हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०८:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।