Logo

खेलकुद

वेस्ट इन्डिजबिरुद्द भारतलाई अग्रता



काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको  जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ ।  

बुधबार कोलकत्तामा  १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो ।  भारतका  कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा   सूर्यकुमार यादवले  अविजित ३४ रनको योगदान गरे । 

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको  वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे । 

भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०८:११   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।