Logo

रानीपोखरी मन्दिरमा गजुर राखियो



पुनर्निर्मित रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । मन्दिरमा बिहीबार बिहान विधिवत रुपमा गजुर राखिएको हो ।

रानीपोखरीको ९५ प्रतिशत काम सम्पन्न भएको छ । हालै पोखरीमा तीन करोड २२ लाख लिटर पानी भरिएको छ । मन्दिरमा गजुर राखेसँगै पोखरीमा माछाका भुरा छोड्ने तयारी गरिएको छ ।

२०७२ सालको वैशाखमा गएको भूकम्पले रानिपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति गरेको थियो । यसको पुनर्निर्माण हालै सम्पन्न भएको हो । विगत पाँच वर्षदेखि बन्द रहेको बालगोपालेश्वर मन्दिर यस वर्षको तिहारमा खुल्ने भएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १ : ०७ बजे