काठमाडौं। लेनदेन मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगर ३ बौद्ध तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका ३ घर भएका ४२ वर्षीय बुद्ध तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगर ११ सुन्धाराबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ।




















प्रतिक्रिया