Logo

खेलकुद

शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे 



काठमाडौं । रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ । 

जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए ।  

खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएकाे ठम्याउनै सकेनन् । 

७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए  । प्राप्त बललाई सिक्स यार्ड बक्समा  नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए । 

निर्धारित समयको खेल सकिन दुई मिनेटअघि  ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।

जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । शेर्पा १०औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १६:१०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।