Logo

इन्स्योरेन्स

नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षमा, बीमा कोषमा ५० अर्ब



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । नेशनल लाईफले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ ।

यस कम्पनीले यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा राखेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ भने कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म दिएको सहर्ष जानकारी दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

यस्तै कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सवमा केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गर्नुको साथै देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १९:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।