Logo

कर्पोरेट फोकस

आईतबार सुन र चाँदी दुवै घातु मूल्य बढ्यो, कस्तो छ आजको दरभाउ ? 



आईतबार सुन र चाँदी दुवै घातु मूल्य बढेको छ । आईतबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

सुनको मूल्य ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि २० रुपैयाँले उकालो लागेको छ । आईतबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

प्रकाशित मिति : जेष्ठ १, २०७८ आईतबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।