Logo

स्वास्थ्य

अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन



कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिजन अभाव पूर्ति गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा बसेको बैठकले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको समिति अध्यक्ष देवी ओलीले जानकारी दिए । 

प्रदेश अस्पताल सुर्खेतले वैशाख ३१ गते कोभिड–१९ को सङ्क्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई अक्सिजन अभावकै कारण भर्ना लिन नसकिने भनी आएको सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल बैठक बसी अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिइएको समिति अध्यक्ष वलीको भनाइ छ ।

‘कर्णालीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र सबै अस्पतालमा नियमित विद्युत् आपूर्तिका निम्ति तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएका छौँ  । ’ उनले स्पष्ट पारे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्टबाट शय्यामै अक्सिजन दिने व्यवस्था गरिको भए पनि कोरोना सङ्क्रमितको बढ्दो चापले अभाव पूर्ति हुन सकेको छैन ।  

प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार  १२ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।