काठमाडौं । आईतबार सिंहदरबारमा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) को बैठकले कोरोना नियन्त्रणमा सम्पूर्ण शक्तिको प्रयोग गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकै परिस्थितमा पनि नागरिकको जीवन रक्षा गर्न सरकारी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
उनले महामारीको समयमा कुनै पनि किसिमको प्रक्रियामा अल्झिएर नागरिकको जीवन तलमाथि नपार्न निर्देशन दिएका हुन् ।
उनले भने ‘हाम्रा प्रक्रियामा अल्झिएर आर्थिक अभावले कुनै नागरिकको ज्यान जानुहुँदैन, तत्काल नागरिकको जीवन रक्षाका कदम चाल्नुस्। हरहालतमा नागरिकको जीवन रक्षा गर्नुस्।’
आज बासेको सोही बैठकले कोरोना महामारी निन्त्रणका लागि राज्यका सबै शक्ति परिचालन गर्ने निर्णय लिएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेका अनुसार देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरुपमा महामारीविरुद्ध परिचालन गर्ने निर्णय बैठकले गरेको हो । उनले भने ‘कोरोना महामारी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पतालसहित जिल्ला अस्पतालसहितलाई एकीकृत रुपमा सञ्चालन गर्न देखिएका कानुनी समस्याको गाँठो फुकाउने निर्णय गरेका छौँ। अब एकीकृत रुपमा काम अघि बढ्छ।’
प्रतिक्रिया