Logo

स्वास्थ्य

जेठ २० भित्र परीक्षा लिइसक्न काठमाडौं महानगरभित्रका विद्यालयहरुलाई दिर्नेशन 



काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई जेठ २० गतेभित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ । 

महानगरको शिक्षा विभागले महानगरपालिकाभित्र रहेका विद्यालयहरुलाई उपयुक्त मूल्यांकन प्रक्रिया अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर शैक्षिक सत्र २०७७ को वार्षीक परीक्षा लिन निर्देशन दिएको हो । 

आज जारी भएको निर्देशनात्मक पत्रमा जेठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने र असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न र कक्षा आठको नगरस्तरीय परीक्षाको विषयमा छिटै सूचना जारी गर्ने पनि उल्लेख गरिएको छ ।

exam.jpg

प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार  ५ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।