सोमबार पनि सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । आईतबार एकैदिन ९ सय रुपैयाँले बढेबो सुन सोमबार पुन ३ सय रुपैयाँले उकालो लागेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आईतबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तोजावी सुन पनि सोमबार ३ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १३ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
प्रतिक्रिया