काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले लिगको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।
यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । एनआरटीले १३ खेलमा २३ अंक जोड्यो । आर्मीसँग अंक बराबर भएपछि हेड टु हेडमा एनआरटी पछि परेको हो ।
पुलिसले १३ खेल १२ अंक जोड्यो । पुलिस ११ औं स्थान रह्यो ।




















प्रतिक्रिया