काठमाडौं । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । सुदूरपश्चिमले दिएको एक सय १४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।
उपाधिसहित एपीएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।




















प्रतिक्रिया