Logo

प्रमुख समाचार

५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना कोरोना खोप ल्याइन्छ : मन्त्री खतिवडा



काठमाडौैं । यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि नेपाल सरकारले कोरोनाविरुद्धको खोप ल्याउने भएको छ ।

राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले यो जानकारी दिएका हुन् । यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उनको भनाइ छ ।

मन्त्री खतिवडाले आउँदो वैशाखसम्म १२ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य रहेको बताए । यो अभियानमा सांसद र पालिकाका जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने भएकाले सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १९:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।