Logo

स्वास्थ्य

कोरोनाबाट थप दुई जनाको मृत्यु



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चितवन र रुपन्देहीमा एक–एक जना पुरुषको मृत्यु रहेका छन् ।

चितवनको भरतपुर अस्पतालमा मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज १५ गते चितवन मेडिकल कलेजवाट भरतपुर अस्पताल रिफर भएका थिए ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको पनि गएराति उपचारको क्रममा मृत्यु भएको छ । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका दुईका छ वर्षीय बालकको पनि कोरोनाका कारण मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । ति बालकमा मेनेन्जाइटिसको समस्या समेत थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  १० : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।