Logo

इन्स्योरेन्स

सिटिजन लाइफले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा दिउँसो ३ बजेदेखि हुनेछ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

सोही सभाले कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा र्दिेशन भएमा सोलाई समावेश गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १९:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।