Logo

स्वास्थ्य

मृगौला स्वस्थ राख्न के गर्ने ?



नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् र स्वस्थ जीवनशैली नहुँदा मानिसमा निर्मौलासम्बन्धी रोगको जोखिम बढ्दै गएको छ । मिर्गौला सम्बन्धी रोग लागेपछि यसको उपचारमा समय र पैसा धेरै खर्च हुन्छ ।’मिर्गौला फेल भएमा जीवनभरी डायलासिस गरेर बाँच्नुपर्ने हुन्छ ।’त्यसैले रोग लागेपछि दुःख पाउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।’

मिर्गौला स्वस्थ राख्न यस्तो गर्नुस्:-
– नियमित व्यायाम गर्ने,
– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने,
– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने,
– सुर्ती, खैनी, चुरोट सेवन नगर्ने,

– दुखाई कम गर्ने औषधि समेसम्म प्रयोग नगर्ने
– उचाई अनुसारको तौल कायम राख्ने,
– स्वास्थकर खाना खाने
– चिनी, नुन बढी भएको खाना नखाने

– रक्तचाप ठीक राख्ने
– मधुमेहका विरामीले समय सयमा स्वस्थ्य परिक्षण गर्ने
– वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसानमा प्रोटिनको परिक्षण गराउने ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ३ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।