Logo

स्वास्थ्य

२४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण

५ सय ३८ जना निको, दुई जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १६:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।