समृद्धि फाइनान्सले दुई सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले प्रति कित्ता सय रुपैयाँको दरले ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको हो । फाइनान्सले १ः२ अनुपातमा हकप्रद सेयर बिक्री खुला जनाएको छ । अर्थात १ कित्ता सेयर हुनेले १ कित्ता सेयर पाउने छन् ।
फाइनान्सको सेयरमा आवेदन दिने समय कात्तिक ६ गतेसम्म रहेको छ । भदौ १२ गते बुक क्लोज भएकाले भदौ ११ गतेसम्म कायम रहेका लगाानीकर्ताले आवेदन दिन सक्नछन् । सेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।
सेयरमा आवेदन दिनको लागि बिक्री प्रबन्धकको साथै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । इक्रा नेपालले यो हकप्रदलाई इक्राएनपि आइपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया