Logo

स्वास्थ्य

दक्षिण एसियामा कोरोना मृत्युदरको हिसाबमा तेस्रो नम्बरमा नेपाल 



सुजता अम्गाई

कोरोना भाइरसको दास्रो लहरले दक्षिण एसिया बढी प्रभावित भएको छ । त्यसमा पनि यसको सबैभन्दा बढी असर भारत र नेपालमा परेको छ । चीनको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोनाका कारण विश्वभर १६ करोड ५५ लाख ७८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४ लाख ३२ हजारको मृत्यु भइसकेको छ । 

विश्वभर सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा तीन करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् भने ६ लाख एक हजारभन्दा बढीको मृत्यु भएको छ । 

विश्वभर कोरोना संक्रमित कुल संख्याको आधारमा दोस्रो नम्बरमा रहेको भारत दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित मुलुकको रुपमा देखिएको छ । दक्षिण एसियामा दोस्रो प्रभावित मुलुकमा पाकिस्तान, तेस्रो बंगलादेश, चौथो अफगानिस्ता, पाँचौं मालदिभ्स, छैटौँ भुटान, सातौं नेपाल, आठौंमा श्रीलंका रहेका छन् । 

दक्षिण एसियामा कोरोनाकोे अवस्था

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार लाख ८८ हजार ६४५ रहेको छ भने पाँच हजार ८४७ जनाको मृत्यु भएको छ । नेपालमा  कोरोनाबाट तीन लाख ६० हजार ६०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर एक दशमलव ७७ प्रतिशत रहेको छ ।

भुटानमा कोरोना संक्रमितको जम्मा संख्या एक हजार ३२२ छ भने एक हजार १८६ जना निको भएका छन् । त्यसैगरि भुटानमा हालसम्म एकजनाको मात्रै कोरोना संक्रमणबाट मृत्यु भएको छ । भुटानमा कोरोना संक्रमणबाट हुने मृत्युदर शून्य दशमलव शून्य ७५ प्रतिशत रहेको छ । 

पाकिस्तानमा कोरोना संक्रमितको जम्मा संख्या आठ लाख ९० हजार ३९१ रहेको छ भने १९ हजार ९८७ जनाको मुत्यु भएको छ । पाकिस्तानमा आठ लाख चार हजार १२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कोरोना संक्रमणबाट २ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ । 

दक्षिण एसियामा सबैभन्दा बढी कोरोना संक्रमित रहेको भारतमा संक्रमितको कुल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० रहेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई करोड २३ लाख ५५ हजार ४४० रहेको छ । त्यसैगरि भारतमा कोरोना संक्रमणबाट दुई लाख ८७ हजार १५६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने दर एक दशमलव ११ प्रतिशत रहेको छ । 

श्रीलंकामा कोरोनाको संक्रमितको संख्या एक लाख ५१ हजार ३४३ रहेको छ भने कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या एक लाख २२ हजार ३६४ रहेको छ । श्रीलंकमा कोरोना संक्रमणबाट एक हजार ५१ जाको मृत्यु भएको छ । श्रीलंकमा कोरोना संक्रमणबाट शून्य दशमलव ६९ प्रतिशत रहेको छ । 

माल्दिभ्समा कोरोना संक्रमितको कुल संख्या ४८ हजार ६०८ रहेको छ भने २९ हजार ६४४ जना निको भएका छन् । माल्दिभ्समा कोरोना संक्रमणबाट ११२ जनाको मृत्यु भइसकेको छ । मालदिभ्समा कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव २३ प्रतिशत रहेको छ । 

अफगानिस्तानमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार ५७५ रहेको छ भने ५५ हजार ५२९ जना कोरोना मुक्त भएका छन् । अफगानिस्तानमा कोरोना संक्रमणबाट दुई हजार ७७२ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोना संक्रमणबाट मृत्यु हुने दर चार दशमलव २९ प्रतिशत रहेको छ । 

बंगलादेशमा कोरोना संक्रमितको संख्या सात लाख ८३ हजार ७३७ रहेको छ भने सात लाख २६ हजार १३२ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणबाट अफगानिस्तानमा १२ हजार २४८ जनाको मृत्यु भएको छ । बंगलादेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर एक दशमलव ५६ प्रतिशत रहेको छ । 

दक्षिण एसियामा अफगानिस्तानमा मृत्युदर सबैभन्दा बढी 

माथिको तथ्यांकलाई हेर्दा दक्षिण एसियामा सबैभन्दा बढी मृत्युदर अफगानिस्तानमा रहेको छ । अफगानिस्तानमा चार दशमलव २९ प्रतिशत मृत्युदर छ । दोस्रोमा दुई दशमलव २४ प्रतिशतसहित पाकिस्तान रहेको छ भने तेस्रोमा एक दशमलव ७७ प्रतिशतसहित तेस्रोमा रहेको छ । 

त्यसैगरि बंगलादेशमा मृत्युदर एक दशमलव ५६ प्रतिशत रहेको छ भने भारत पाँचौंस्थानमा रहेको छ । भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर एक दशमलव ११ प्रतिशत रहेको छ । छैटौंमा शून्य दशमलव शून्य ७५ प्रतिशत मृत्युदरसहित भुटान रहेको छ भने श्रीलंकमा मृत्युदर शून्य दशमलव ६९ प्रतिशत रहेको छ । 

दक्षिण एसियामा सबैभन्दा कम मृत्युदर माल्दिभ्समा रहेको छ । माल्दिभ्समा शून्य दशमलव २३ प्रतिशत मृत्युदर रहेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।