Logo

स्वास्थ्य

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै 



अछाम । अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै गएको छ ।

पछिल्लो समय कोरोना परीक्षण गर्ने दर घटे सँगै कोरोना सङ्क्रमण पुष्टि हुने दरमा पनि कमी आउन थालेको पाइएको हो ।

अझै यो जोखिमलाई शून्यमा झार्न जनताले स्वास्थ्य मापदण्डको पालन गर्नु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । कोरोना सङ्क्रमणको जोखिम घट्दै गए सँगै कोरोना प्रयोगशालामा कोरोना जाँच गर्ने दर पनि उत्तिकै घटेको छ । यस्तै जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा आइतबार २ जनाको नमुना परीक्षण गरिएकोमा २ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा अहिले सम्म ३ सय ४ जनाको फलो अफ परीक्षण गरिएकोमा २ सय ८४ जनाको रिपोट नेगेटिभ आएको छ भने १ सय जनाको रिपोट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो । कमलबजार सिपिआर प्रयोगशालामा अहिले सम्म ८ हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै ४ हजार ९ सय २४ जनाको रिपोट भने नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार १९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।