Logo

स्वास्थ्य

थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना निको



काठमाडौं । देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो।

योसँगै देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन् । १४८ जना संक्रमित निको समेत भएका छन् । योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १६:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।