Logo

इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पुँजी १ अर्ब १७ करोड



हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो ।

२८ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।

आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ । यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।

सभाले कुल प्रिमियम आम्दानी १ अर्ब ८ करोड रहेको हालको अवस्थालाई वृद्धि गर्न तथा कम्पनी विस्तार गर्नका निमित्त यथोचित मर्जर प्रस्तावलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १७:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।