Logo

स्वास्थ्य

रुसबाट भ्याक्सिन आउँदैछ भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमै कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) पत्ता लागि नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप पत्ता लागिनसकेको बताए ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.गौतमले भने, ‘भ्याक्सिनको बारेमा हल्ला भइरहेको छ । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन निस्केको छैन । फेज थ्री ट्रायल भइरहेको छ, भ्याक्सिनको ।’

भ्याक्सिन बनिसकेपछि नेपाल सरकारकै पहलमा नेपालमा भ्याक्सिन उपलब्ध हुने प्रवक्ता डा. गौतमले जानकारी दिए। उनले भने , , कुनै प्राइभेट कम्पनीसँग बाहिर सम्झौता भएको भन्ने हल्लाहरु पनि बाहिर आएको छ । यी हल्लाहरुको पछाडि नलाग्न सम्पूर्ण सम्बन्धित सबैलाई अनुरोध गरे ।’

केही दिन अगाडि मात्रै रुसले कोभिड–१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भन्ने समाचार सार्वजनिक भएको थियो । जहाँ रुसले पत्ता लगाएको ‘स्पुतनिक–५’ नामक उक्त भ्याक्सिन नेपाल पठाउन सम्झौता समेत भइसकेको बताइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ०० बजे