Logo

स्वास्थ्य

पिनास के हो ? लक्षण,समस्या र समाधान



पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । पिनासले लगातार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुघ्ने शक्तिमा कमी आउँछ ।

कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ । टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् ।

पिनास, भाइरल रुघा र एलर्जीक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ ।

एलर्जीक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ ।

पिनासका लक्षण

बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनु ज्वरो आउनु आदि,
वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ,
नाक बन्द भइरहने,
टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
सुँघ्ने शक्तिमा कमि आउने,
साइनास को क्षेत्रमा पीडा हुने,
आधाकपाल दुख्ने,
नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने,
माथिल्ला दाँतहरू दुख्ने,
आँखाको परेला सुन्निने,
नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ ।कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ ।

कसरी जोगिने ?

– प्रशस्त मात्रामा पानी पिउने ।

– चिसोबाट जागिने ।

– तातोपानीको बाफ लिने ।

– धूलो(धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

– साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

– एलर्जीको उपचार गराउने ।

– नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

बच्ने उपाय

(धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।

(विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।

(चिसोको कारण पिनास हुने भएकाले चिसोबाट बच्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । चिसो खाद्यपदार्थको कहिल्यै पनि प्रयोग गर्नुहुँदैन । पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : २१ बजे