Logo

खेलकुद

थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने   नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।

आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो ।  ३४ सदस्यीय टोली सोमबार (भोलि)  थाइल्याण्ड प्रस्थान गर्नेछ ।

नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा  खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।

यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह ‘ए’मा नेपालसहित   कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १७:५६   :  बजे

453
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।