Logo

स्वास्थ्य

हृदयेन्द्र शाहले कक्षा १२ पास, अनलाइनबाटै भए दीक्षित



पूर्वराजा ज्ञानेन्द्र शाहका नाति तथा पारस शाहका छोरा हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नव युवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पठाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको परिवार स्रोतले  जानकारी दिएको छ । विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको छ ।

पूर्व युवराज पारस शाहले हृदयेन्द्र दीक्षित भएको  र उनको शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।  शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ । सानैदेखि काठमाडौंमा पढेका उनले स्नातक तह भने विदेशमा पढ्ने योजना बनाएको पारिवारिक स्रोतको भनाई छ ।

हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् ।   सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।