Logo

स्वास्थ्य

निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्ने असरहरु



१, गर्भावस्थाका शिशुलाई हानिकारक

गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेको बच्चाका लागि हानिकारक हुन्छ । धेरैजसो अवस्थामा चिन्ताका कारण निद्रा नलाग्ने हुन्छ ।

चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ । यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ ।

२, हृदयघातको निम्तो

निद्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढ्ने डाक्टरहरू बताउँछन् । यस्तै, वैज्ञानिकहरूका अनुसार निद्रा लाग्ने औषधिको लगातार सेवनले मुटुसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गर्न सक्छ । यस्ता औषधिको सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने गर्दछ ।

३, कोमामा जाने खतरा

जो मानिस दिनको एक चक्कीभन्दा बढी निद्रा पर्ने औषधि सेवन गर्छन्, ती मानिस कोमामा जाने खतरा बढी हुन्छ । दमको समस्या भएका मानिसमा यस्तो खतरा ज्यादा हुन्छ ।

४, सम्झने शक्तिमा ह्रास

लामो समयसम्म निद्रा पर्ने औषधि प्रयोग गर्ने मानिसको सम्झने शक्ति कमजोर हुने गर्दछ । निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा असर गर्छ । जसका कारण मानसिक रोगहरूको जोखिम बढ्छ ।

५, थकान बढ्ने

दैनिक निद्रा पर्ने औषधिको सेवन गर्ने मानिसमा आलस्य, थकान देखिने गर्छ । धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : १५ बजे