Logo

स्वास्थ्य

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे संक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना भएका छन् ।

ह्वाइटहाउसका अनुसार ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको छ । संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट्रम्प अस्पताल भर्ना भएका हुन्।

उनले अस्पतालबाटै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो। राष्ट्रपतीय चुनावको ठीक एक महिनाअघि ट्रम्प कोरोनाबाट संक्रमित भएका हुन्।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ८ : २४ बजे