Logo

समाचार

मोडर्ना खोप किशाेरकिशाेरीमा शतप्रतिशत प्रभावकारी



कोरोना भाइरसविरुद्ध विकास भएकाे मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी रहेकाे पाइएकाे छ।

अमेरिकी औषधि निर्माता कम्पनी माेडर्नाले विकास गरेकाे याे खाेप  ती उमेर समूहका ३ हजार ७ सय ३२ जनामा क्लिनिकल परीक्षण गरिएकाे थियाे।  खोपको पूरा मात्रा दिइएकामा यसकाे प्रभाव शतप्रतिशत र एक डाेज मात्र लिएकामा ९३ प्रतिशत प्रभावकारी देखिएकाे हाे।

पछिल्लो नतिजासँगै मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ।

अनुमति पाएको खण्डमा यो खोप अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग हुने दोस्रो खोप हुनेछ । मोडेर्ना खोप हाल १८ वर्ष वा सोभन्दा बढी उमेरका मानिसका लागि प्रयोग गरिँदै आएको छ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ७ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।