प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयर धनीको प्रतिनिधित्व गरेका अमात्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष अमात्यले बुधबार नै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका छन् ।
यसअघि अध्यक्ष रहेका डा।आत्माराम घिमिरेले राजीनामा दिएसँगै कम्पनीले अमात्यलाई अध्यक्ष नियुक्त गरेको हो । २८ मंसिर २०७४ बाट सञ्चालनमा आएको कम्पनीले देशभर एक सयवटा शाखा÷उपशाखा कार्यालयबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको बताइएको छ ।






















प्रतिक्रिया