Logo

प्रमुख समाचार

२४ घण्टामा २२ जनामा काेराेना सङ्क्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा जना सङ्क्रमणमुक्त भएसँगै अब नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको एक हजार २२ जनामा झरेको छ । 

यस्तै थप ५९ हजार पाँच सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १७:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।