Logo

इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा शाह र थापा



एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत १७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

१० प्रतिशत बोनस सेयर पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने शालिनी राणा शाह र डा. भरत कुमार थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १२ करोड रुपैयाँ कूल बीमाशुल्क र ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, सोही वर्षमा इन्स्योरेन्सले साढे २० करोड रुपैयाँ बराबरको खुद नाफा गरेको थियो ।

इन्स्योरेन्सको कूल लगानीसँगै कूल कारोबार रकम पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको कूल लगानी ११ प्रतिशतले बढेको छ भने कारोबार रकम १७.७३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको १६औं वार्षिक साधारण सभा चैत १७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्विटमा भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।