Logo

स्वास्थ्य

काँचो प्याज खानुका फाइदा



धेरै मानिसहरूलाई प्याज खान मनपर्छ भने कति मानिस यस्ता पनि हुन्छन् जसलाई प्याज खान पटक्कै मनपर्दैन। जब कुरा काँचो प्याजको आउँछ, तब प्रायस् मानिसलाई यो मनपर्दैन किनकि काँचो प्याज खाँदा मुख गनाउने समस्या आउँछ।

यो पनि हेर्नुहोस

तर काँचो प्याज खानुका थुप्रै आश्चर्यजनक फाइदा छन्। जान्नुहोस् काँचो प्याज खाँदा के(कस्ता लाभ मिल्छन्।

मजबूत हड्डी
जो मानिस दिनको एक पटक नियमित रूपमा काँचो प्याज खान्छन् उनीहरूको हड्डी कमजोर हुँदैन। यद्यपि दुग्ध उत्पादन हड्डीलाई सुदृढ पार्न प्रयोग गरिन्छ, तर यदि तपाईं डेयरी उत्पादनहरू तपाईंको लागि उपयुक्त हुँदैन भने प्याज तपाईंको लागि राम्रो विकल्प हुनसक्छ।

कालो तथा बाक्लो कपाल

यदि तपाईं पनि आफ्नो कपाल कालो र बाक्लो होस् भन्ने चाहनुहुन्छ भने काँचो प्याज खान सुरु गर्नुहोस्। धेरै महिलाहरुको कपालको रंग धुलो र धुवाँको कारण परिवर्तन हुन थाल्छ। यस्तो अवस्थामा विभिन्न प्रकारका केमिकल प्रयोग गर्नुको साट्टो काँचो प्याज खान सकिन्छ।

रक्तचाप

यदि तपाईंलाई रक्तचापको समस्या छ भने तपाईंले दैनिक रूपमा दुई वटा प्याज खान आवश्यक छ। प्याज खानाले रक्तचाप नियन्त्रणमा रहनुका साथै ब्लड क्यान्सर जस्ता रोगको खतरा पनि कम हुन्छ त्यसैले रक्तचापको समस्या भएका मानिसले खानाको साथ काँचो प्याज खानुपर्छ।

क्यान्सर

क्यान्सर एक गम्भीर रोग हो र यो रोगसँग लड्न पनि त्यति नै गाह्रो हुन्छ। त्यसैले क्यान्सर बिरामीहरूले आफ्नो आहारमा काँचो प्याज खानुपर्छ। यसको सेवनले क्यान्सरसँग लड्न मद्दत गर्छ। प्याजको सेवनले प्रतिरोध क्षमता बढाउँछ किनकि यसमा भिटामिन(सी को मात्रा राम्रो हुन्छ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ३ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।