काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले भुक्तानी गर्नुपर्ने रकम १६ महिना बित्दा पनि नदिएपछि सेवाग्राही मर्कामा परेका छन् ।
सन् २०१० मा रुपन्देहीकी साबित्री घिमिरेले उक्त कम्पनीबाट जीवन बीमा गराएकी थिइन् । सो बीमा कम्पनीद्वारा जारी गरिएको ‘प्राइमलाइफ धनसागर’ जीवन बीमा योजना अन्तर्गत कुल ३ चराणमा हुने जानकारी भए अनुसार कम्पनीको नियमअनुसार पहिलो भुक्तानीका लागि टेलीफोन गरेर बोलाएको तर दोश्रो भुक्तानीका लागि कम्पनीको तर्फबाट कुनै पहल नगरेको र आफूले रकम माग गर्दा इन्स्योरेन्सले प्राविधिक त्रुटीको बहानामा आफ्नो टाउको जोगाउन खोजेको र दिइनु पर्ने रकम नदिएको बिमितको भनाइ छ ।
प्राइम लाइफ इन्स्युरेन्सको बिमालेख नं. १०१०००५९४३ को अग्रिम भूक्तानीको दोस्रो रकम १६ महिना अगाडि नै पाउनुपर्नेमा बिमित घिमिरेले भने अहिलेसम्म भुक्तानी नपाएकी हुन् ।

यसविषयमा उनले बारम्बार कम्पनीसँग ताकेता गर्दा पनि केही सुनुवाइ नभएकोले आफूले औपचारिक पत्राचार गरेको र त्यसपछि पनि इन्स्योरेन्सले पराविधिक त्रुटी भएको भन्दै पन्छिन खोजेर भुक्तानी दिन नसकिएको पत्रमार्फत जानकारी गराएको थियो ।

‘मैले दाश्रो भुक्तानीको रकम १६ महिना अगाडि नै भुक्तानी पाइसक्नुपर्ने हो तर अहिलेसम्म पनि पाएकी छैन्,’ उनले भनिन्, ‘मेरो भूक्तानी दिनुको सट्टा भूक्तानीको रकम माग्दा उल्टै मलाई नै मानसिक तनाव दिने कार्य संस्थाले गरेको छ । मैले आखिर कहिले सम्म यो कम्पनी धाउने..’ भन्दै कम्पनीको तर्फबाट अत्यन्त लापरवाहीपूर्ण तरिकाको बोली र व्यवहार भएको गुनासो पीडित घिमिरेले गरेकी छिन् ।
यसरी बीमाको समयसीमा १५ बर्ष भएपनि कम्पनीको नियमअनुसार कम्पनीले प्रत्येक ५ वर्षमा दिनुपर्ने पैसा आलटाल गर्दै नदिएपछि राष्ट्रिय बिमा संस्थानमा उजुरी हालेपनि त्यसबाट समस्याको समाधान नभएको उनले बताइन् ।
यस विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईसँग कुरा गर्दा आफूलाई पनि यसबारे जानकारी नभएको र कार्यालयमा बुझेर मात्र भन्न सकिने अनलाइनपानालाई जानकारी दिए ।




















प्रतिक्रिया