Logo

स्वास्थ्य

कोरोना अपडेट : ६ हजार ७१४ कोरोना भाइरस संक्रमित थपिए , १४५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७१४ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

यही अवधिमा देशभर १४५  जनाको मृत्यु भएको छ ।   १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जान संक्रमण मुक्त भएका छन् ।  सोमबार देशभर सात हजार चार सय २५ कोरोना सक्रिमत थपिएका थिए भने मंगलबार  देशभरआठ हजार ३८७  कोरोना सक्रमित थपिएका थिए ।

यसैगरि सोमबार कोरोना सक्रमणबाट एक सय ८५ जनाको मृत्यु भएको थियो भने मंगलबार  देशभर १६९ जनाको मृत्यु भएको थियो । देशभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।