Logo

समाचार

मताधिकारमा स्वतन्त्रता छैन



निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दल १०४ वटा छन, यी सबै दलको विचारधारा फरक फरक छन् । सोहीअनुरुप कार्यकर्ता र मतदाता विभाजित भएका छन, जुन पाटोमा आफ्नो विचार धारा मिल्छ त्यही पाटोमा आवद्ध भएका छन् वा हुन्छन् ।

सोही अनुसार जनताले आफ्नो मताधिकारको प्रयोग गर्ने स्वतन्त्रता प्राप्त गरेका हुन्छन् । तर हाम्रो प्राक्टिस कता जाँदै छ ? मताधिकारको स्वतन्त्रता खोइ ? दुई वा दुई भन्दा बढी फरक फरक वा विपरित विचार धारा बोक्ने दल आफ्नो सत्ता र स्वार्थ प्राप्त गर्न आफ्नो सिद्धान्त राजनैतिक धरातल वा बिचारधारलाइ बाकसमा थुनेर गठबन्धन गर्छन र सोही अनुरुप जनताले जबर्जस्ती मतदान गरिदिनु पर्ने अवस्था निर्माण गर्छन । काङ्ग्रेस , राप्रपाले कम्युनिस्ट लाई मतदान गर्न पर्ने, कम्युनिस्टले राप्रपा काङ्ग्रेसलाई मतदान गर्न पर्ने । यसको औचित्य के राजनीतिक सस्कार कता जाँदै छ ? यो विचार सिद्धांतको राजनीति हो कि स्वार्थको ? यो कुरा जनताले कहिले बुज्ने ?

चुनाव ताका सत्ता र सक्तिमा लिप्त नेतृत्वले आफ्नो स्वार्थ पुर्तिगर्न विभिन्न भेराइटिका ललीपप देखाइरहने र सोही ललीपप चुस्तै मस्त लठिने जनताको प्रवृत्तिले गर्दा नेताले केही गरेनन भनेर छ वर्षसम्म पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन हुँदैन भन्ने जनताले कहिले बुज्ने ?
मताधिकार भनेको महत्त्वपूर्ण अधिकार हो जसले सही नेतृत्वलाई राज्य शक्तिको सञ्चालन परिचालन गर्न अधिकार दिलाउने र गलत नेतृत्वलाई परास्त गर्ने महत्त्वपूर्ण आधार संरचना हो । तर नेपालको निर्वाचन प्रक्रिया खाए खा नखाए घिचको अवस्थामा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १२:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।