काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। आज छापावाल सुनको मूल्य ताेलामा २० हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिक्रिया