Logo

अर्थ

मुलुकमा अब बहुदर भ्याट: बिजुली र राइड सेयरिङ महँगिँदै



काठमाडौं। आगामी साउन १ गतेदेखि नेपालीहरूले बिजुली र राइड सेयरिङ सेवामा थप कर तिर्नुपर्नेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमार्फत यी दुई क्षेत्रमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गर्दै देशमा पहिलोपटक बहुदर भ्याटको व्यवहारिक सुरुआत गरिएको छ।

अहिलेसम्म भ्याटमा शून्य र १३ प्रतिशत मात्र दुई दर थिए। अब साउनदेखि शून्य, ५ र १३ प्रतिशत गरी तीन तहको व्यवस्था लागू हुनेछ। यद्यपि सरकार आफैँले यसलाई ‘बहुदर’ भन्न तयार छैन।

आन्तरिक राजस्व विभागका अधिकारीहरूले हालको कानुनमा बहुदरको प्रावधान नभएकाले यसलाई आधिकारिक रूपमा ‘रिड्युस रेट’ भएकाे बताएका छन्।

बिजुलीको हकमा मासिक ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताले अतिरिक्त युनिटमा मात्र ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ। कसैले महिनामा २०० युनिट खपत गर्छ भने १५० युनिटमा मात्र यो कर लाग्नेछ।

व्यवसायीले यो कर फिर्ता पाउने भए पनि सामान्य घरायसी उपभोक्ताले भने पाउँदैनन्। राइड सेयरिङतर्फ नेपालमा वार्षिक करिब २० अर्ब रुपैयाँको कारोबार हुने यस क्षेत्रमा अब ५ प्रतिशत भ्याट लाग्नेछ। अनलाइन प्लाटफर्ममार्फत ट्याक्सी बोलाउँदा भ्याट लाग्छ, तर सडकबाटै ट्याक्सी चढ्दा भने लाग्दैन।

बिजुली आधारभूत आवश्यकताको वस्तु हो र सरकारले यसमा कर लगाउनु उचित नभएकाे भन्दै सरकारकाे विराेध गरिरहेका छन्। “चामल आधारभूत आवश्यकताको वस्तु मानिन्छ, तर त्यसलाई पकाउनै बिजुली चाहिने उनीहरूकाे भनाइ छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १०:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।