काठमाडौं। इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आइतबार बिहान अमेरिकी एमक्यू–१ ड्रोन खसालेको दाबी गरेको छ।
रिभोलुसनरी गार्डले ड्रोन इरानी पानीमा प्रवेश गर्न र कारबाही गर्न खोजिरहेको थियो। यसलाई तुरुन्तै पत्ता लगाएर आईआरजीसीको आधुनिक मिसाइलले खसालेको उल्लेख गरेको छ।
इरानी मिडियाका अनुसार आईआरजीसी वायु रक्षाले इरानको समुद्री सिमाना पूर्ण नियन्त्रणमा रहेको र कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएको छ।
अमेरिकी केन्द्रीय कमान्डले आईआरजीसीको दावीमा कुनै टिप्पणी गरेको छैन।




















प्रतिक्रिया