Logo

स्वास्थ्य

डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर  : देउवा



नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।

 देउवाले शुक्रबार फेसबुकमार्फत महामारीका बेला ठूलो जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथिआक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् ।

‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्,’ स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’ देउवाले लेखेका छन् ।

deuwa.webp

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ०८ बजे