Logo

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा.पौडेल नियुक्त



काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेललाई दिइएको छ ।  

यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिएका छन् ।  

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : १२ बजे