Logo

स्वास्थ्य

खोप किन्न हेलम्बुले माग्यो स्वीकृति



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड-१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग  पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् ।

गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुईमात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले उक्त डोज खोपको माग गरिएको अध्यक्ष शेर्पाले  बताएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ४० बजे