Logo

प्रमुख समाचार

‘माझी औँला’ देखाइएको सिनलाई सेन्सर बोर्डले कसरी पास गर्यो ?



विगत केही समयबाट नेपाली सञ्चार माध्यममा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को चर्चा र विरोध चौतर्फी भइरहेको छ । आउँदो बैशाखको पहिलो हप्ताबाट सार्वजनिक हुन गइरहेको यस चलचित्रले आफू अब्बल छु भन्ने कुरा प्रमाणित गर्न खोज्दैमा केही समय बितेको छ ।

“ए मेरो हजुर ४” सँगसँगै भारतीय दक्षिण चलचित्र “केजिएफ २” पनि सार्वजनिक हुने भएकाले उक्त चलचित्रलाई राम्रो छ भनेर प्रमाणित गर्न निर्देशक र नायिका, नायक पछि नपरेको भन्ने देखिन्छ ।

चलचित्र राम्रो बनेको खण्डमा नेपाली दर्शक हलसम्म पुग्छन् भन्ने इतिहास विगतका केही चलचित्रले प्रमाणित पनि गरिसकेको छ ।

विगतको “ए मेरो हजुर ३” ले आशाजनक सफलता पाएको थियो । तर यसपटक भने “ए मेरो हजुर ४” र “केजिएफ २” सँगसँगै आउने भएपछि “ए मेरो हजुर ४” का निर्देशक केही हच्किएको देखिन्छ ।

भिडियो प्रकरण

केही दिन यता गायक दुर्गेश थापाको सिनलाई “ए मेरो हजुर ४” बाट हटाइएको भन्ने खबर व्यापक भएको थियो । तर गायक र निर्देशकले नहटाएको भनेर स्पष्ट पारिसकेका भए तापनि दर्शकले सहजै पत्याउन नसक्ने अनुमान रहेको छ । किनकि नायक पल शाह प्रकरणमा दुर्गेश पनि मुछिएका कारणले चलचित्रलाई असर गर्छ भन्ने सोच निर्मातामा आउनु सामान्य नै हो ।

“ए मेरो हजुर ४” ले ट्रेलर र आफ्नो चलचित्रको गीत सार्वजनिक गरेको धेरै पछि आफ्नो अर्को र्याप गीत पनि सार्वजनिक गरेको छ । जीबब भनिने सन्दीप भण्डारीको स्वरमा रहेको “भाग भाग नदे अब धेरै धाक” बोलको र्याप रिलिज डेट नजिकै हुँदा सार्वजनिक गर्यो ।

जीबब एनटिएफको र्याप ब्याटलबाट एकाएक चर्चामा आएका हुन् । एनटिएफको र्याप ब्याटल हुँदा “ए मेरो हजुर ४” को लगभग सुटिङ अन्तिम तयारीमा थियो । तर बीचमा एकाएक अर्को गीत राखिएको हो कि पहिलेको नै हो भन्ने निर्देशकले खुलाएका छैनन् ।

चलचित्रको र्यापमा नायिका सुहाना थापाले आफ्नो माझी औँला देखाएकी छिन् । भिडियोमा १ः४३ देखि १ः४६ मिनेटसम्ममा उक्त दृश्य समेटिएको छ । यसबारे बुझ्दा नेपाल सरकारका सहसचिव एवं प्रवक्ता विनोद प्रकाश सिंहले समाजमा अपाच्य, भ्रमित तथा अश्लील दृश्य चलचित्रमा समावेश गर्न नपाइने अनलाइनपानालाई बताए । तर सेन्सर बोर्डले कसरी पास गर्यो भन्ने प्रश्नमा हामी छानबिन पुनः गछौँ भन्ने जवाफ दिएका छन् ।

यस विषयमा अनलाइनपानाले निर्देशक झरना थापासँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १४:३९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।