Logo

स्वास्थ्य

गगन थापालाई कोरोना संक्रमण पुष्टि



नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता थापाले खबरहबलाई बताए ।

उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । कांग्रेसका अनुसार अन्य केही नेताहरुको समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने विषय भने अहिले नै थाहा हुन नसकेको जनाइएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक आगामी सोमबारका लागि बोलाइएको थियो । त्यसअघि भोलि पदाधिकारी बैठक बोलाइएकको थियो । आज बसेको पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुको बैठकमा नेता गगन थापा पनि सहभागी भएका कारण शिर्ष नेताहरु समेत कन्ट्याक्ट टे«सिङमा परेका छन् ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ११ : ३० बजे