Logo

कर्पोरेट फोकस

आइतबार सुन र चाँदी दुवै घातुको मूल्यमा बढोत्तरी, कस्तो छ आजको दरभाउ ?



आइतबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला दुई सय रुपैयाँले उकालो लागेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । 

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

एक कारोबार दिन अगाडि छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजबी सुन पनि तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आइतबार सुनको मूल्यसँगै चाँदीको पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार  ११ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।